गच्छदारसँगै रामजनम र जीतेन्द्र देव मन्त्री बन्ने !

jitendra dev२५ असोज, काठमाडौं । प्रधानमन्त्री निर्वाचन हुनु केही मिनेटअघि मात्रै सत्ता साझेदारीमा सहभागी भएको फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदार अन्ततः सरकारमै सहभागी हुने भएका छन् । गच्छदारको नेतृत्वमा थारु र मधेसी नेतासमेत सरकारमा जानेछन् ।
गच्छदार उपप्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । अन्तिम समयमा संविधानसभा छाडेको फोरम लोकतान्त्रिक ८ बुँदे सहमतिसँगै सत्ता साझेदारीमा सहभागी भएको थियो ।
फोरम लोकतान्त्रिक पार्टी सरकारमा जाने तयारीमा लागेको छ । सरकारमा जाने मन्त्रीहरु छान्न सोमबार बिहान ११ बजे पार्टीको बैठक बोलाइएको नेता राजजनम चौधरीले अनलाइनखबरलाई जानकारी दिए ।
स्रोतका अनुसार यो पटक मधेसी नेता जितेन्द्र देव र थारु नेता रामजनम चौधरी मन्त्री बन्ने प्रवल सम्भावना छ । चौधरी थारु आन्दोलनका नेता हुन् । उनलाई सरकारमा सहभागी गराएपछि पार्टीभित्रको समीकरणमा सहज हुने गच्छदारको विश्लेषण छ ।
मधेसी समुदायका जितेन्द्र देवलाई पनि सरकारमा लैजाने गच्छदारको तयारी रहेको एक नेताले बताए ।
गच्छदारले उपप्रधान एवं भौतिक योजना वा रक्षामध्ये एक मन्त्रालय लिनेछन् । बाँकी दुई मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।


महत्पपूर्ण लिंकहरु

भिडियो ग्यालरी

ट्विटरमा हामी


Navigation