ट्रेकिङ व्यवसायीमा चढ्यो चुनावी सरगर्मी, पाण्डे र रिजाल प्यानलसहित मैदानमा

sagar pandey२५ असोज, काठमाडौं । विनाशकारी भूकम्प र मधेश आन्दोलनले पर्यटन क्षेत्र सुस्ताएपछि फुर्सदिला बनेका ट्रेकिङ व्यवसायीहरुमा यतिबेला चुनावी सरगर्मी चढेको छ । पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को असोज २८ गते हुन लागेको निर्वाचनले व्यवसायीलाई तताएको हो ।

टानको ३७औं वाषिर्क साधारणसभामा नयाँ कार्यसमिती चयनका लागि चुनाव हुनेछ । टानको नेतृत्वका लागि सागर पाण्डे र चन्द्रप्रसाद रिजालले आइतबार उम्मेदवारी दर्ता गरिसकेका छन् । दुबै जनाले आ-आफ्नो नेतृत्वमा छुट्टा-छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । टानमा १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

सागर पाण्डेको समूहलाई कांग्रेस निकट निट नेपाल र एमाओवादी निकट नेपाल पर्यटन व्यवसायी मञ्चले साथ दिएको छ । उता चन्द्र रिजालको समूहलाई एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, एमाओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन लगायतले साथ दिएका छन् ।

उम्मेदवारी मनोनयनसँगै दुबै समूहले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उनीहरुले आ-आफ्नै तर्फबाट व्यवसायीक भेला गरी चुनावी प्रचार-प्रसार गर्दै आएका छन् । दुबै समूहले आफुहरुको व्यवसायीक पकड राम्रो रहेकाले बाजी मार्ने दाबी गर्दै आएका छन् ।

अध्यक्षका प्रत्यासी पाण्डेले आफुसँग पुराना र लामो समय अनुभव बटुलेका व्यवसायीहरु रहेको हुँदा चुनाव जित्ने ठोकुवा गर्छन् । उता अध्यक्षका अर्का प्रत्यासी रिजालले युवा व्यवसायी, शेर्पा समूह र मजदूरको साथ रहेको बताउँछन् ।

पाण्डेले पर्यटन व्यवसायमा अवाद्ध भएको २ दशक पुगिसकेको बताए । ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा राम्रो पहिचान बनाएको दाबी गर्ने पाण्डेले मजदूर र व्यवसायीका समस्याहरुलाई नजिकबाट नियालेको बताउँछन् ।

‘ऐन, कानुन, पर्यटनमा देखिएका चुनौती तथा बजारीकरणलाई समय सापेक्ष परिवर्तन र व्यवस्थीत गर्दै लैजाने मेरो उद्देश्य छ’ पाण्डेले भने- ‘मैले अहिलेसम्म सिकेको अनुभवले त्यो काम गर्न योग्य रहेको छु ।’

टानको चुनावमा ८ वर्षदेखि सहभागी भएको बताउने अर्का प्रत्यासी रिजालले सरकार व्यवसायीबीच पुलको काम गर्ने दाबी गर्छन् । ‘सरकारलाई कन्भिन्स गरेर व्यवसायी र मुलुकको हितमा हुने काम गर्छु’ उनले भने- ‘पर्यटन क्षेत्रको विकास गरेर अर्थतन्त्रको विकामा लाग्नु अहिलेको आवश्यकता हो ।’

 


महत्पपूर्ण लिंकहरु

भिडियो ग्यालरी

ट्विटरमा हामी


Navigation